उपत्यकाबासीलाई हिजो प्रचण्ड पक्षले दुख दिए आज ओली पक्षले

काठमाण्डौ – नेकपा भित्रको कलहले सबैभन्दा धेरै क्षति जनतालाई भएको छ । नेताहरुको सत्तको लडाईको भुमरिमा सर्वसाधारण जनता पर्ने गरेका छन ।

हिजो मात्र संवैधानिक निकायमा पदाधिकारी न्युक्त गरेको विरोधमा प्रचण्ड पक्षले देश भरि आमहड्ताल गरेर सास्ती दिए । उनीहरुको बन्दले देशलाई ८ अर्वको आर्थिक क्षति मात्र भएन धेरैका गाडि,पसल तोडफोड भए । यहि समूहले केहि दिन अघि काठमाण्डौको मूल्य भाग भृकुटि मण्डवमा कार्यक्रम गर्दा सो दिन उपत्यकाको यातायात ब्यवस्था भद्रगोल भएको थियो ।

देशका राजनीतिक परिर्वतनमा सबैभन्दा धेरै दुख उपत्यका बासिले पाउने गरेका छन । केन्द्रिय स्तरका नेताहरुले कार्यक्रम नर्गे स्थल यहिलाई चयन गर्दा सो समस्या बेलाबेलामा आइपरिरहन्छ ।
नेकपा केपी ओली पक्षको शुक्रबार नारायणहिटी अगाडि जनसभा हुँदैछ । सोहि कार्यक्रममाको कारणल आज उपत्यकाको यातायात ब्यवस्था विहान दश बजेबाटनै अस्तब्यस्त भइरहेको छ ।

देशको मुख्य क्षेत्रमा सडक ओगटेर कार्यक्रम गर्दा ब्यवसायिक क्षति मात्र हुँदैन त्यस्तै त जामको सास्ती खेप्नु पर्ने यहाँका जनतालाई आवतजावतमा निकै समस्या हुने गरेको छ ।

प्रतिक्रिया