काठमाडौं–महिला लघुवित्त वित्तीय संस्थाले साधारण शेयर (आईपीओ) निष्काशनको समय परिवर्तन भएको छ । आगामि माघ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने योजना थियो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आईपीओ निष्काशनको समय पछि सार्न भने पछि दुई दिन पछि सारिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार अब आगामि माघ ३० गते महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्कासन हुनेछ ।
माघ ३० गतेदेखि खुला गरिएको आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा फागुन ४ र ढिलोमा फागुन १४ गतेसम्म रहेको छ । लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । चार लाख कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५००० कित्ता शेयर संस्थाका कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारलाई बाँकी रहेको ३ लाख ७५ हजार कित्ता शेयर छुट्याइएको छ ।
आईपीओमा आवेदन गर्ने संख्या बढेकाले मेरो शेयर सफ्टवेयरमा पटक पटक समस्या आउने भएकाले मेरो शेयरमा ट्राफिक जाम नहोस भन्नका लागि आईपीओ निष्काशन र बाँडफाँड शुक्रबार हुँदै आएको थियो । सिडिएस एण्ड क्लियरिङ्गले मेरो शेयर सफ्टवेयरको क्षमता विस्तार गर्न नसक्दा अहिले एक साथ दुई आइपीओ निष्काशन नहुने अवस्था छ ।
१० करोड रुपैयाँ जारी पूँजी रहेको लघुवित्तले धितोपत्र बोर्डबाट माघ ८ गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।