गणेश अधिकारी र सचिन परियारको पछिल्लो गीत दहि चिउरे माया युउटुवको उत्कृष्ट सूचिमा

काठमाण्डौ – सर्जक तथा गायक गणेश अधिकारीको आवाज रहेको नयाँ गीत दहि चिउरे माया सार्वजनिक भएको छोटो समयमै सबैको मन जित्दै युउटुवको उत्कृष्टको सूचिमा समेत पर्न सफल भएको छ ।

गीत हेर्ने र सुन्ने दर्शकले अत्यन्तै उत्कृष्ट प्रक्रिया सहित गीतले आक्रामक दर्शक बटुलिरहेको छ ।

अधिकारीकै लय तथा शब्द सिर्जना रहेको सो गीतमा गणेशलाई आवाजमा समिक्षा अधिकारीले साथ दिएकी छन ।

माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतमा स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन । गीतमा बाल कलाकार सचिन परियार,अञ्जली अधिकारी,अर्जुक कुँवर,लोमस शर्माको अभिनय रहेको छ ।

गीतलाई योग्सना डिजिटलले बजार ब्यवस्थापन गरेको छ ।

प्रतिक्रिया