एक दिनको बन्द हडतालले ८ अर्ब क्षती

काठमाडौं–मुलुकमा संविधान जारी भएपछि राजनीतिक दलहरुले राजनीतिक मुद्दा सकिएको भन्दै आर्थिक समृद्धिको नारा अघि सारे । आम नागरिक, उद्योगी, व्यवसायीले पनि अब मुलुक आर्थिक समृद्धिको बाटोमा जान्छ भन्ने आशा गरेका थिए ।

नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि मुलुक फेरी राजनीतिक द्वन्द्वमा फसेको छ । राजनीतिक दलले बन्द हडताल सुरु गरे पछि जनता आजित भएका छन् । उद्योगी,व्यवसायी चिन्तित भएका छन् । बिहीवार प्रचण्ड र माधव नेपाल समूहको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) आह्वान गरेको बन्दले जनजीवन प्रभावित बन्यो ।

अहिले मुलुकको अर्थतन्त्रको आकार करिब साढे ३७ खर्ब छ पुगेको अनुमान छ । यसरी हेर्दा एक दिनमा करिब १० अर्ब रुपैयाँको आर्थिक गतिविधि हुन्छ । काठमाडौं उपत्यका र अन्य शहर तथा सहरोन्मूख इलाकाहरुमा हुने गतिविधिले अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगट्छ । यसलाई आधार मानेर हेर्ने हो भने शहरी क्षेत्रका आर्थिक गतिविधि एक दिन जनजीवन ठप्प हुँदा करिब ८ अर्ब रुपैयाँ क्षति हुने अनुमान अर्थ क्षेत्रका जानकार बताउँछन् ।

पुरै देश ठप्प हुँदा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बन्दको बिरोध गरेका छन् ।

प्रतिक्रिया