काठमाडौ – जनतालाई चर्को सास्ती दिएको नेकपा प्रचण्ड माधव समूहले आजको आम हड्ताल सफल भएको निष्कर्ष निकालेको छ ।
यो समूहले संवैधानिक निकायमा ओलीले असंवैधानिक नियुक्त गरेको भन्दै बिहीबार आन्दोलनको घोषणा गरेको थियो ।
शान्तिपूर्ण आन्दोलनबाट तर्सेको सरकारले बिहानै काठमाडौंबाट पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय कमिटी सदस्य हितमान शाक्य, डा. विजय पौडेल, अमृता थापासहित देशभरका सयौं नेता–कार्यकर्तालाई गिरफ्तार गरेको र जनकपुरमा शान्तिपूर्ण जुलुशमाथि प्रहार गरी स्थायी कमिटी सदस्य मात्रिका यादव र केन्द्रीय कमिटी सदस्य रामचन्द्र झालगायतलाई गम्भीर घाइते बनाएको दाहाल नेपाल समूहले जनाएको छ।
दाहाल नेपाल समूहले आन्दोलनका क्रममा असमाञ्जस्यताका कारण सञ्चारकर्मीहरुमा परेको मर्काका लागि दुःख व्यक्त गरेको छ।