काठमाण्डौ – यसो त नेपाल बन्द आन्दोलनको सबै भन्दा खराव विकल्प हो । नेकपा-प्रचण्ड नेपाल समूहले यहि विकल्प अपनाएर जनतालाई सास्ती दिइरहेको छ ।
सो समूहले बिहिबार देशैभरी आमहड्तालको घोषणा गरेको थियो । उनीहरुको हड्तालका क्रममा एम्बुलेन्समा आक्रमण मात्र भएन काठमाण्डौमा विहानै ट्याक्सीमा आगलागी पनि गरियो । यस्तै अप्रिय अर्को अप्रिय घटना समेत घटेको समाचार सार्वजनिक भएको छ । प्रदेश १ को राजधानी विराटनगरमा चियानास्ता पसलमा काम गरिरहेका माथि उम्लिइरहेको तातो तेल खन्याइएको छ।
दाहाल–नेपाल समूहका नाममा घटाइएको क्रुरतापूर्ण घटनामा परेर दुई महिला घाइते भएका छन्। घाइतेहरु एउटै परिवारका आमाछोरी हुन्। हड्तालका क्रममा विराटनगर महानगरपालिका–२ मा रहेको पसल सञ्चालन गरेको भन्दै बन्द गर्न पुगेको दाहाल–नेपाल समूहका कार्यकर्ताले अपरान्ह १२ बजेतिर उनीहरुलाई तातो तेल खन्याइदिएका हुन्।