गणेश अधिकारी र समिक्षा अधिकारीको दहि चिउरे मायामा सचिन परियार

काठमाण्डौ – सर्जक तथा गायक गणेश अधिकारीको आवाज रहेको नयाँ गीत दहि चिउरे माया भर्खर मात्र सार्वजनिक भएको छ ।

अधिकारीकै लय तथा शब्द सिर्जना रहेको सो गीतमा गणेशलाई आवाजमा समिक्षा अधिकारीले साथ दिएकी छन ।

माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतमा स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन । गीतमा बाल कलाकार सचिन परियार,अञ्जली अधिकारी,अर्जुक कुँवर,लोमस शर्माको अभिनय रहेको छ ।

गीतलाई योग्सना डिजिटलले बजार ब्यवस्थापन गरेको छ ।

प्रतिक्रिया