अख्तियारमा प्रेम राईसहित संवैधानिक आयोगमा पदाधिकारी नियुक्त

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा विभिन्न संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्त गरेकी छन् ।

बुधवार मध्याह्न एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले नियुक्तिबारे जानकारी दिएका हुन् । ११ वटा संवैधानिक आयोगका नवनियुक्त ३२ जना पदाधिकारीहरूले बुधवार नै शपथ लिइसकेका छन् ।

राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राईलाई नियुक्त गरेकी छन् ।

प्रतिक्रिया