प्रचण्ड माधव समूहले भोलि नेपाल बन्द गर्ने,फेरी सुरु भयो जनतालाई सास्ती

काठमाण्डौ – नेकपा प्रचण्ड माधव समूहले विहिबार नेपाल बन्द गर्ने घोषणा गरेका छन ।

संंवैधानिक निकायमा नियुक्ति गरिएको साथै संसद विघटन गरिएको विरोधमा उनीहरुले नेपाल बन्दको घोषणा गरेका हुन ।

सरकारको अनुरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संवैधानिक निकायहरुमा नियक्त भएका सबैलाई सफल गराउनु भएको हो । नियक्त हुनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग,निर्वाचन आयोग लगायत रहेका छन ।

सो समूहको आज पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायमा गरिएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिनु भएको हो । उहाँले हड्ताल गर्नु आफुहरुको बाध्यता भएको बताउनु भएको छ ।

हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले बताइन् । परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया