• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शिक्षा/स्वास्थ्य ,
  • मुख्य खबर ,
  • पत्रपत्रिका

कक्षा १२ को परीक्षा कहिले ? यस्तो छ सरकारको तयारी

काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । 

 भौतिक रुपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ ।  

बोर्डका अध्यक्ष प्रा.चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

अध्यक्ष पौडेलले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने स्पष्ट गरे । केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ ।

 

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया