प्रचण्ड–माधव पक्षले आयोगमा पत्र बुझायो,के गर्लान ओली पक्ष नेता ?

काठमाण्डाौ- नेकपा अब आधिकारीक रुपमा विभाजनको प्रक्रियामा पुगेको छ । आफुहरु आधिकारीक भएको दावी सहित प्रचण्ड–माधव पक्षका नेताहरुले निर्वाचन आयोगलाई पत्र बुझाएका छन् ।

सोमबार बसेको प्रचण्ड–माधव पक्षको केन्द्रिय समितिको बैठकले आधिकारीकताको लागि पत्र लेख्ने निर्णय गरेको थियो । सोही अनुरुप राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्दै आयोगलाई पत्र बुझाएको हो ।

यस अघि दुवै पक्षले आफुहरु आधिकारीक भएको दावी सहित पत्र आयोजमा दिएका थिए तर आयोगले पछिल्ला पत्रहरुलाई कुनै मान्यता दिएको थिएन । निर्वाचन आयोग बैशाखमा हुने निर्वाचनको लागि दल दर्ता प्रक्रिया अगाडी बढाए पछि नेकपा भित्र त्यसको असर देखिन थालेको छ । उता ओली पक्ष अब के गर्छन भन्ने विषयमा धेरैको चासो रहेको छ । ओली पक्षसँग अब २ ओटा विकल्प बाँकी रहेका छन । एउटा आफुहरुनै आधिकारीक हो भनेर पत्र लेख्ने साथै निर्वाचनको निर्णय स्विकार्ने ।

प्रतिक्रिया