७ वर्षकै उमेरमा अचम्मै राम्रो नाच्ने एलिसा ढुंगाना

काठमाडौ - ७ वर्षकी एलिसा ढुङ्गानाको नाचले धेरैलाई प्रभावित परेको छ । काठमाडौंमा बस्दै आएकी उनको प्रतिभा देखेर धेरै चकित परेका छन् । 

नृत्यमा निकै रुचि देखाएपछि छोरीलाई डान्स क्लास पठाउन लागेको एलीसाको आमा लक्ष्मी ढुङ्गानाले आर्थिक सन्देशलाई बताउनु भयो । डान्स क्लासबाटै केही गीतमा नृत्य गरिसकेकी बालिकाले भविष्यमा यो क्षेत्रमा राम्रो गर्न सक्ने जानकारहरूको भनाइ छ । 

नेपालमा आगामी दिनमा आउँदै गरेका डान्स सोहरुमा समेत सहभागितालाई तयारी गरिरहेको परिवारले जनाएको छ । 

उनले अहिले पुरै समय आफ्नो अध्ययनमा लगाइरहेको र केही समय नृत्य कलसलाई पनि दिइरहेको परिवार स्रोतले बताएको छ । एलिसामा राम्रो प्रतिभा रहेको उनलाई नृत्य सिकाउने शिक्षकहरूको भनाइ छ । 

 

प्रतिक्रिया