खत्रीको गल्कोटमा बग्यो दरमले दर्शक तान्यो

काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको नयाँ गीत गलकोटमा बग्यो दरम नयाँ रुपमा सार्वजनिक भएको छ । 

दमदार अडियो र भिडियो सहित सार्वजनिक गरिएको सो गीतलाई दर्शकले अत्यधिक माया गरिरहेको निर्माण युनिटले हामीलाई जानकारी दिएको छ । 

केही वर्ष अघि पहिलो पटक सार्वजनिक भएको सो गीतले त्यो समयमा समेत निकै चर्चा पाएको थियो । विष्णु खत्रीको लय तथा शब्द सिर्जना रहेको सो गीतमा खत्रीलाई आवाजमा सुनिता बुढाले साथ दिएकी छन । 

खत्री र मोडल सारिका केसीको अभिनय रहेको गीतलाई विनोद भण्डारीले निर्देशन गरेका हुन । 

 

प्रतिक्रिया