राष्ट्र बैंकका गर्भनरको ‘नगद नोट’ नबोक्ने अभियान

काठमाण्डौं–नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एक सार्वजनिक कार्यक्रममा भने–‘मैले हस्ताक्षर गरेका नोट बजारमा पठाउन नपरोस् ।’ गर्भनर अधिकारीको आसय थियो सबै तिर विद्युतीय कारोबार होस् ।

अधिकारी अहिले ‘क्यास लेस’ अभियानमा लागेका छन् । मुलुक डिजिटल युगमा प्रवेश गरेको भन्दै हरेक क्षेत्रमा विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन उनी लागि परेका छन् । आम नागरिकलाई पनि विद्युतीय माध्यमको प्रयोग गर्न आग्रह गरेका छन् ।

राम्रा, होटल,रेष्टुरेन्ट, सपिङ मलमा विद्युतीय माध्यमबाट भुक्तानी भैरहको बेला अहिले गर्भनरकै आग्रहमा फुटपाथका पसले, तरकारीदेखि फलफूल पसलमा पनि क्युआर कोड मार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि बैंकलाई आग्रह गरिरहेका छन् ।

केही समय अघि प्रभु बैंकले कालीमाटी फलफूल तथा तरकारी बजारमा क्युआर कोडमार्फत भुक्तानी गरेर तरकारी किन्ने कार्यक्रमको शुभारम्भ गरेका गर्भनर अधिकारीले यो साता नवील बैंक लिमीटेडले काठमाण्डौको कुलेश्वरमा थोक फलफूल बिक्री केन्द्रबाट सुरुवात गर्न लागेको क्यूआर कोडबाट भुक्तानी सेवाको उद्घाटन गरे ।

साइकलमा फलफूल बोकेर बिक्री गर्दै हिँड्ने बाराका सुल्तान मियाँले घाँटी र साइकलको अगाडिपट्टि प्लेकार्ड झुण्ड्याएका छन् । कसैले उनको साइकलबाट फलफूल किन्यो भने नगद लिँदैनन् र प्लेकार्डमा रहेको क्यूआर कोड देखाउँछन् र फोन पेबाट फलफूलको पैसा भुक्तानी गर्न आग्रह गर्छन् । स्मार्ट ग्राहकले उनको आग्रहअनुसार क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्छन् । भुक्तानी आफ्नो खातामा आएरनआएको निश्चित गरी उनी ग्राहकलाई धन्यवाद दिन्छन् ।

उनको स्मार्ट फोन छैन, सामान्य मोवाइल सेट मात्र छ । तर, क्यूआर कोडबाट भएको भुक्तानीको मोवाइलमा म्यासेज समेत आउने भएकोले ग्राहकले कोड स्क्यान गरेपछि भुक्तानी आए नआएको म्यासेज बक्समा चेक गर्छन् । उनलाई पनि खरीदबिक्रीमा नगद नै नचाहिने यो प्रविधि खुबै मन परेको रहेछ ।
पछिल्लो समय नगदरहित कारोबार निर्माणका लागि क्यूआर कोडको सेवा बिस्तारमा सहयोग गरिरहेको राष्ट्रबैंकका अधिकारीहरु पनि साइकलमा फलफूल व्यापार गर्नेहरुले समेत आधुनिक भुक्तानी प्रणाली प्रयोग गर्न थालेपछि मख्ख छन् । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले साइकलमा व्यापार गर्नेले समेत क्यूआर कोडको सेवा लिएको देखेर खुशी प्रकट गरे र मियाँसँग त सेल्फी नै खिचे ।

त्यसअघि औपचारिक कार्यक्रम उद्घाटनको क्रममा बोल्दै गभर्नर अधिकारीले आफूहरु नगदरहित समाज निर्माणमा लागेको र यसमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । त्यसअघि उनले ल्खुस्थित तरकारी बजारमा एनएमबी बैंकको क्यूआर कोड सेवाको समेत उद्घाटन गरेका थिए ।

प्रतिक्रिया