काठमाडौँ। लोकप्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीले भर्खर मात्र सार्वजनिक गरेको नयाँ गीत "पिर कल्लाइ छैन र" सार्वजनिक भएको छोटो समयमै चर्चा पाउन सफल भएको छ।
निकै मौलिक सो गीतलाई दर्शकले २४ घण्टामै लाखौं पटक हेरिसकेका छन्। साथै, गीत उत्कृष्टको सूचीमा समेत आइसकेको छ। यो समाचार तयार पार्दासम्म गीत उत्कृष्ट म्युजिकको सूचीमा ८औं स्थानमा रहेको छ।
अस्मिता डल्लाकोटीको आफ्नै आवाज रहेको सो गीतलाई उनले आफैं शब्द सिर्जना गरेकी छिन् भने प्रकाश पराजुलीले लय सिर्जना गरेका छन्। गीतको संगीत संयोजन कृष्ण केसीले गरेका छन्। गीतमा एक नारिले तीजमा जस्तो दुःख भए पनि बिर्सेर खुसी हुनु पर्छ भन्ने कुरालाई उठाइएको छ।
गीतलाई काजिश श्रेष्ठले कलात्मक निर्देशन गरेका छन् भने सम्झना थापा, शक्ति गोदार, अस्मिता डल्लाकोटी, र रमा माया गोदारले अभिनय गरेका छन्।