• गृहपृष्ठ /
  • Breaking News ,
  • उद्योग/ कर्पोरेट ,
  • राजनीति ,
  • समाचार

विनोद चौधरीको नेतृत्वमा कांग्रेसको ‘गरीखाने अभियान’,सय नयाँ स्टार्टअप विजनेशलाई सघाउने

काठमाडौं–उद्यमशीलता र मुलुकको आर्थिक समृद्धिमा जोड दिँदै आएका अर्बपति उद्योगी विनोद चौधरीको नेतृत्वमा नेपाली कांग्रेसले ‘गरीखाने अभियान’ सुरु गरेको छ ।

नागरिकको आर्थिक अवस्तमा सुधार ल्याएर जीवनस्तर रुपान्तरण गर्न गरी गरीखाने अभियान सुरु गरेको जनाएको छ । विहीवार वीरगञ्जमा आयोजित कार्यक्रममा चौधरीले कुनै पनि राष्ट्र सम्पन्न हुने परिकल्पना गर्नका लागि सबैभन्दा पहिला समाजमा गरीखाने वर्गप्रतिको भावना सकारात्मक हुनुपर्ने बताए । एक सय वटा नयाँ स्टार्ट अप विजनेशलाई सघाउने घोषणा गरेका छन् ।

गरीखाने अभियानको ७ वटै प्रदेशमा स्थायी संरचना बनाउने कांग्रेसले जनाएको छ । जस अन्तर्गत आज प्रदेश २ को विरगञ्जमा पहिलो छलफल भएको हो ।
पूँजीको कुनै अभाव छैन, विना धितो प्रमाणपत्रको आधारमा ऋण उपलब्ध छ भन्ने उद्घोष दिनदिनै सुनेका छौं । तर कतिले रोजगारी पाए त ? कति उद्यम खडा भए त ? नवप्रवर्तन उद्यमी कति खडा भए त ? भन्ने गम्भीर प्रश्न पनि उभिएको चौधरीले बताए ।
अब उद्यम लगानी र पूर्वाधार दिगो विकासको प्लेटफर्म बन्नु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया