• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रि अलोटमेन्ट सम्पन्न,आईपीओ बाँडफाँड शुक्रवार सम्ममा

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओको प्रि अलोटमेन्ट सम्पन्न भएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको शेयरको प्रारम्भिक बाँडफाँड सम्पन्न भएसँगै पूर्ण बाँडफाँडको लागिबाटो खुलेको हो ।

नेप्सेको नियम अनुसार प्रि अलोटमेन्टको जानकारी गराएपछि त्यसको तीन दिन भित्रमा बाँडफाँड गर्नु पर्ने हुन्छ । यसरी हेर्दा यो बैकको शेयर बाँडफाँड शुक्रवार हुने देखिएको छ ।

बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

बैंकको उक्त आईपीओमा १५ लाख २९ हजार ४६० वटा आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।

यो आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको २।३९ गुणा बढी हुन आउछ । बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले करिब ५० कित्ता शेयर पाउने पक्का छ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ ।८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटप श्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

प्रतिक्रिया