काठमाण्डौबाट कोरोना विरुद्धको खोप लगाउन सुरु

काठमाण्डौ – भारत सरकारले अनुदानमा दिएको दश लाख डाज खोप आजबाट नेपालीहरुका लागि लगाउन सुरु गरिएको छ ।

पहिलो चरणमा आज काठमाण्डाौबाट खोप लगाउन सुरु गरिएको हो । पहिलो खोप लगाउने भाग्यमानी हुन टेकु अस्पतालका निर्देशक डा। सागरराज भण्डारी, डा. अनुप बास्तोला, जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा। रुणा झा ।

खोप लगाएपछि मिडियामा प्रतिक्रिया दिँदै चिकित्सहरुले खोपले आफुहरुलाई नराम्रो नगरेको भन्दा सबैले ढुक्कसँग खोप लगाउन अनुरोध गरेका छन ।

भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको कोभिशिल्ड खोप नेपालमा लगाइएको हो । खोपका केही साइड इफेक्ट पनि हुन सक्ने समाचारहरु सार्वजनिक भइरहेका बेला चिकित्सकहरुले खोप सुरक्षित भएको बताएका हुन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लागाइने छ ।

प्रतिक्रिया