काठमाण्डौ – साताको चौथो कारोबार दिन बुधबार प्रि(ओपनिङ्ग सेसनमा बजार परिसुचक नेप्से १०।६५ अंकले बढेर २४३३।७५ अंकमा उक्लिएको छ ।
प्रि(ओपनिङ्ग सेसनमा बुधबार कुल ३८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २७ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ३८ कम्पनीका १५ हजार १४० कित्ता शेयर २ करोड २१ लाख २७ हजार ७६५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।