प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

काठमाण्डौ । नेपालका न्यायधिसहरुलाई विभिन्न कार्यक्रम मार्फत अपमान गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता भएको छ ।

उनी विरुद्ध अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र डा। कुमार शर्मा आचार्यले प्रधानमन्त्रीका विरुद्ध मानहानीको छुट्टाछुट्टै मुद्दा दायर गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा मुद्दा विचाराधीन रहेको अवस्थामा सार्वजनिक रुपमा दिएका अभिव्यक्ति, ९४ वर्षीय वरिष्ठतम् वरिष्ठ अधिवक्ताका बारेमा दिएका अभिव्यक्ति र इजलासमा भइरहेको बहसलाई ‘तमासा’ संज्ञा दिएको जस्ता आधार देखाउँदै रिट निवेदकले प्रधानमन्त्रीका उल्लेखित अभिव्यक्तिबाट न्याय प्रक्रियाको गरिमामा आँच पु¥याएको र न्यायालयको समेत अपहेलना भएको दावी गरेका छन् ।

यदि मानहानी सहि ठहरीय जेल समेत जानु पर्ने प्रावधान रहेको छ । तर यसरी जेल गएको घटना भने निकै कम छन ।

प्रतिक्रिया