• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नयाँ लगानीकर्तालाई खुसीको खवर – बुद्धभूमिले आईपीओ निष्कासन गर्न अनुमति माग्यो

काठमाण्डौ । पछिल्लो समय शेयर बजारको सबै क्षेत्रमा निकै चर्चा हुने गरेको छ । यहि माहोलले गर्दा नेपालमा डिम्याट खाता खोल्नेको संख्या समेत निकै बढेको छ । पछिल्लो तथ्याङक अनुसार नेपालमा २५ लाख हाराहारीमा डिम्याट खाता खोलिएको छ ।

नयाँ लगानीकर्ताँहरुको लागि प्राथमिक शेयर निकै महत्वपुर्ण हुने गर्दछ । थोरै लगानीमा धेरै प्रतिफल लिनको लागि आईपीओ महत्वपूण छ । यसै विच बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको छ ।

शेयर निष्कासनको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमती मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई बिक्री गर्ने गरी निस्काशनको अनुमति मागेको हो । सो सम्बन्धी काम गर्न सिभिल क्यापिटल लाई विक्री प्रबन्धक नियुक्त समेत गरिसकिएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । यसले ४।९९३ मेगावटको लोवर टाडी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ ।

पहिलो चरणमा नुवाकोटका आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ बिक्री हुनेछ ।

प्रतिक्रिया