नेपाल लाइफको बोनस शेयर र लाभांश खाने आज अन्तिम दिन

काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत वर्षको बोनस खाने र बोनस शेयर प्राप्त गर्ने योजना बनाउनु भएको छ भने शेयर किन्ने आज अन्तिम दिन हो । साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ १४ गते –भोली) देखि २८ गतेसम्म बुकक्लोज गर्ने भएकाले लाभांश पाउन आज शेयर खरिद गर्नुपर्ने हुन्छ ।

कम्पनीले माघ २८ गते साधारण सभा डाकेको छ । उक्त साधरण सभाले ५१ प्रतिशतको बोनस दिने प्रस्ताव पारित गर्नेछ । आर्थिक वर्ष २०७५र७६ को नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने निर्णय सञ्चालक समितिले गरेको छ । जसमा ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश छ । सेयरधनीलाई उच्च प्रतिफल दिँदै आएको कम्पनीले बीमितलाई पनि राम्रो प्रतिफल दिँदै आएको छ । कम्पनीले १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको शेयर लाभांश र १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७ सय १९ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो ।

यस कम्पनीको जीवन बीमा क्षेत्रकै सर्वाधिक करिब ५ अर्ब ५० करोड रहेको चुक्तापूँजी लाभांश वितरण पश्चात ७ अर्ब १९ करोड हुनेछ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ९४ अर्ब ८२ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ७७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको मंसिर समान्त सम्ममा कुल १३ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ।

साथै कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेकोमा यसलाई परिवर्तन गरी ५० रुपैयाँ कायम गर्ने प्रस्ताव साधरणसभामा लैजाने भएको छ । यो प्रस्ताव साधारणसभा बाट पारित भएपछि सम्बन्धित नियामक निकायबाट स्वीकृत भएमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया