• गृहपृष्ठ /
  • Breaking News ,
  • पूर्वाधार/यातायात ,
  • मुख्य खबर ,
  • समाचार

सवारी लाईसेन्सको लागि निवेदन दिन नयाँ नियम आयो,विचौलियालाई तनाव

काठमाण्डौ । लामो समयपछि खुलेको सवारी लाइसेन्सको आवेदनमा पटक पटक सेवाग्राहिले शास्ती भोग्न परेको समाचार त कुनै नौलो विषय भएन । तर अब नयाँ झमेला ब्यहोर्न पर्ने भएको छ ।

लाइसेन्सको लागि आवेदन दिनको अब एउटा कम्प्युटरबाट केवल एक आवेदन मात्र दिन सकिने भएको छ । यातायात व्यवस्था विभागले सवारी आवेदनलाई अनलिमिटेड बनाउदै यस्तो व्यवस्था गरेको हो ।

विचौलियाको बिगबिगीलाई अन्त्य गर्न यस्तो व्यवस्था गरेको हो विभागको भनाई छ । खासगरी विचौलियाले ग्राहकबाट पैसा उठाएर एकैपटक धेरै फर्म अपलोड गर्ने भएकाले सेवाग्रहीले झन्झट व्यहोर्नुपरेको भन्दै विभागले यो कदम चालेको हो ।

एक दिनमा एउटा कम्प्युटर, ल्यापटप अथवा मोबाइलबाट एक पटकमात्रै लाइसेन्सको आवेदन दिन मिल्ने छ । यदि कुनै डिभाइसबाट एकभन्दा बढी आवेदनका लागि प्रयास गरेको खण्डमा ‘युज अनोदर मशिन’ भन्दै नोटिफिकेसन देखाउँछ ।

प्रतिक्रिया