सोमबार नेप्से १६ अंकले बढ्दा कारोबार रकम ९ अर्व नजिक,दिनैभरि नेप्सेको नागबेली चाल

काठमाण्डौ । कारोबारको दोस्रो दिन नेप्से १६ अंकले बृद्धि भएको छ ।

नेप्से बढे पनि हिजोको तुलनामा कारोबार रकम भने केहि घटेको छ । आज करिव ९ अर्व हाराहारीको कारोबार भएको छ । आज २ सय ८ कम्पनीको कारोबार भएको थियो भने त्यो मध्य अधिकांसको शेयर मूल्य घटेको छ भने केहिको बढेको छ ।

६२ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ७ कम्पनीको शेयर मूल्य घटेको छ । आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने नेपाल लाईफको सबै भन्दा धेरै शेयर किनबेच भएको छ । आज नेप्सेका उपसूचकहरुमा समेत रातो पोतिएको छ ।

प्रतिक्रिया