जन्म दिनमै गणेश अधिकारीले लिए अन्तिम निर्णय - भिडियो सहित

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा निरन्तर आफ्नो दरो उपस्थिति जनाइरहेका लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारीको आवाज रहेको नयाँ गीत अन्तिम निर्णय आज मात्र सार्वजनिक भएको छ । 

आफ्नो जन्म दिनको अवसरमा अधिकारीले सो गीत सार्वजनिक गरेका हुन । गणेश अधिकारी र सिता घिमिरेको आवाज रहेको गीतलाई बासुदेव पोखरेलको शब्द सिर्जना रहेको छ भने गणेश आफैले लय सिर्जना गरेका छन । 

गीतले माया प्रेमलाई विषय बनाएको छ भने गीतको  अडियो र भिडियो निकै दमदार बनेको छ । गीतलाई दिपिका म्युजिकले बजार व्यवस्थापन गरेको छ । 

स्मृति तिमिल्सिनाको निर्देशन रहेको गीतमा गणेश अधिकारी र वर्षा लम्सालले अभिनय गरेका छन ।  

 

प्रतिक्रिया