मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जना पक्राउ

काठमाडौ–प्रधानमन्त्री केपी शर्मा ओलीको गैर संवैधानिक कदमको विरुद्धमा प्रर्दशनमा उत्रिएका २६ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार अघि प्रर्दशन गरेका मानव अधिकारकर्मी कृष्ण पहाडी, मानव अधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनी, कृष्ण कँडेलसहितका अधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको हो । प्रहरीले बालुवाटारबाट सोमबार मध्यान्ह नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्यलगायत रहेका छन् ।
केपी ओली नेतृत्वको सरकारले अदालतलाई नै प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ ।

प्रतिक्रिया