महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, साधारण सभा डाक्यो

काठमाडौँ–महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । इन्स्यारेन्सको साधारण सभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले तेश्रो वार्षिक साधारण सभा फागुन ३ गते डाकेको छ । साधारण सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने तयारी छ ।
सभामा कम्पनीको संचाल समितिमा समूह ‘क’ संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने पाँच जना संचालक निर्वाचन गर्ने, संचालक समितिको बैठक भत्ता लगायतका एजेण्डा रहेका छन् ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष ०७५÷७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७५र७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने जनाएको छ ।
त्यसैगरी सभामा आर्थिक वर्ष २०७६र७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।

प्रतिक्रिया