आइतबार पनि सुनको मूल्य घट्यो,कतिमा भैइरहेको छ त कारोबार ?

काठमाण्डौ । साताको पहिलो दिन सुनको मल्य घटेको छ । माघ ११ गते, आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो ।

आज नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी शुक्रबारकै कारोबार मूल्य अर्थात एक हजार २६० रुपैयाँमा किनमेल हुँदैछ ।

प्रतिक्रिया