दीपक र जीवनको झल्को आँउछकालाई दश लाख दर्शक

काठमाण्डौ । सर्जक जीवन कँडेलको नयाँ गीत झल्को आम्चकालाई १० लाख दर्शकको माया प्राप्त भएको छ ।

निकै उत्कृष्ट सो गीतलाई राम्रो प्रतिक्रिया सहित दश लाख भन्दा धेरै दर्शकको माया मिलेको हो । गीतलाई धेरैले मन पराए पछि हामीसँग कुरा गर्दै सर्जक जीवन कँडेलले सबैलाई यो मायाको लागी हार्दिक आभार ब्यक्त गर्नुभयो ।

सो गीतमा उत्कृष्ट शब्द र सोही अनुसारको लय सिर्जनाभने कडेंल दाजुभाइले मिलेर बनाएका हुन भने लय जीवन कँडेलले ।

गीतबाट सबैले राम्रो प्रतिक्रिया दिएको सर्जक कँडेलले हामीलाई बताउनु भयो । टिपिकल शब्द र लय समेत रहेको सो गीतलाई दर्शक स्रोताले समेत राम्रो गीत भन्ने प्रतिक्रिया दिएका छन् ।

अन्जु पन्त र बादल थापाको आवाज रहेको सो गीत क्रान्ति केसीले कलात्मक निर्देशन गरेका छन् । आकाश श्रेष्ठ र रियासा दाहालको अभियान रहेको सो गीतलाई दीपिका म्युजिकले बजारमा व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया