• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

आजबाट शेयर कारोबारमा नयाँ नियम लागु,अब खरिद विक्रीको राफसाफ २ दिनमै गर्नुपर्ने

काठमाण्डौ – के तपाई नयाँ लगानीकर्ता हो ? हो भने शेयर बजारमा भइरहेका नयाँ नियमको बारेमा जानकार हुनु जरुरी छ । यदी त्यसो हुन सकेन भने २५ प्रतिशत जरिवानामा पर्न सक्नुहुन्छ ।

नेपाल धितपत्र बोर्डले यस अघि शेयर खरिद विक्री सम्बन्धी राफसाफ गर्ने समय टी ३ दिएको थियो । अर्थाले शेयर कारोबार भएको दिन बाहेक ३ दिन भित्र सो सम्बन्धी भुक्तानीको कारोबार भइसक्नु पर्ने । तर माघ ११ गतेबाट त्यो समय घटेर २ टिमा झरेको छ । अर्थात यस अघि ३ दिनमा भएको राफसाफ अब २ दिन भित्र गर्नुपर्ने छ । यदी सो अवधिमा गर्न सकिएन भने जरिवाना लाग्ने छ ।

त्यसैगरी, धितोपत्र खरिद गरेका लगानीकर्ताहरुले आफुले खरिद गरेको धितोपत्रको रकम सम्बन्धित राफसाफ सदस्यलाई टी प्लस १ अर्थात कारोबार भएको मितिको भोलिपल्ट बुझाउनु पर्नेछ।

प्रतिक्रिया