नेपाल इन्स्योरेन्सले बोनस शेयर दिने

काठमाडौं–नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर धनीलाई बोनस शेयर दिने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर दिने तयारी गरेको छ ।
बोनस शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सञ्चालक समितिको बैठकले लाभांश प्रस्तावको निर्णय गरेको छ । सञ्चालक समितिको प्रस्ताव साधारण सभाबाट पारित भएपछि कार्यान्वनयमा आउनेछ ।

प्रतिक्रिया