इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँडको मिति तय

काठमाडौं– नेपालको पुँजी बजारमा सबैभन्दा ठूलो नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि आह्वान गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँड कहिले होलाल भनेर सबैको चासो छ । आठ करोड कित्ताको आईपीओमा कति कित्ता पर्ला भनेर आम लगानीकर्ताको जिज्ञासा रहेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आईपीओ बाँडफाँडको मिति तय गरेको छ । क्यापिटलका अनुसार आगामी शुक्रबारसम्म आईपीओको बाँडफाँट गर्ने भएको हो ।

आईपीओमा १५ लाख ५० हजार ९० जनाले आवेदन दिएका छन् । आवेदकबाट १८ अर्ब २७ करोड ९९ लाख ९३ हजार रुपैयाँको आवेदन परेको छ । बैंकको सेयरमा ४० कित्ता वा सो भन्दा कम माग गर्नेले माग अनुसार नै सेयर पाउने देखिएको छ । त्यो भन्दा बढी आवेदन दिने आवेदनकर्तालाई गोलाप्रथा गरेर सेयर बितरण गरिने भएको छ ।

कतिपय आवेदन रद्द हुने भएकोले रीतपुर्वक आवेदन दिने आवेदकले आईपीओमा आवेदकले ५० कित्तासम्म सेयर पाउने पाउने सम्भावना छ । बैंकले माघ २ बाट ६ गतेसम्म ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो । उक्त आईपीओमा १ लाख ६० हजार कित्ता कर्मचारी, ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्तामा सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।

प्रतिक्रिया