प्रधानमन्त्री ओलीको पहलमा हेर्ने कथाका प्रकाशले नागरिकता पाउँदै

काठमाडौं — केही दिनदेखि यूट्युब च्यानल ‘हेर्ने कथा’ मा प्रकास तामाङको कथाले धेरै नेपालीको मन छोएको छ। यो कथा अहिले राष्ट्रिय चर्चाको विषयसमेत बनेको छ।

लामो समय आफ्ना नातागोतालाई भेट्न नपाएका प्रकासको आफ्ना परिवारसँगको पुनर्मिलनले दर्शकहरूको मन जितेको थियो। तर, उनी पुनः पुरानै कठिन परिस्थितिमा फर्किन बाध्य भएका कारणले यो विषयले अझ बढी चर्चा पाएको हो।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाशलाई छिटो भन्दा छिटो नागरिकता प्रदान गर्न र आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्:

"‘हेर्ने कथा’ मा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथीमार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ। उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको माध्यमबाट विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता रहेको बुझियो।

नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो। उहाँले प्रकाशलाई दुई–चार दिनभित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ।

प्रधानमन्त्री ओलीको यो पहलले प्रकाशको नागरिकता प्रक्रियामा शीघ्रता ल्याउने अपेक्षा गरिएको छ, जसले उनलाई आफ्नो जीवनलाई नयाँ सुरुआत दिन सहयोग पुर्‍याउनेछ।’’

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय