• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

ग्रीन लाईफले माघ तेस्रो साताबाट आईपीओ निष्कासन गर्ने, कति कित्ता आउँदैछ ?

काठमाण्डौ- हिजो मात्र आईपीओ निष्कासनको अनुमती पाएको ग्रीन लाईफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघको तेस्रो सातादेखि साधारण शेयर निष्कासन गर्ने भएको छ ।

सो कम्पनीले १ अर्व ८० करोड भन्दा धेरैको शेयर निष्कासन गर्ने अुनमती मागेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको १८ लाख कित्ता शेयरहरू तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरिएको शेयरहरूमध्ये बिक्री नभएका १६ हजार ९६ हजार ४ सय कित्ता शेयर गरी जम्मा ३४ हजार ९६ हजार ४ सय कित्ता साधारण शेयर ९सामुहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणको लागि समेत गरि० निष्कासन गर्न धितोपत्र बोर्डले माघ २ गते, शुक्रबार अनुमति प्रदान गरिसकेको छ ।

ग्रीन लाईफ हाइड्रोपावर लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा ग्रीन लाईफ हाइड्रोपावर लिमिटेडको तर्फबाट अध्यक्ष याङचेन डोमा लामा र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् ।

सो कम्पनीनले सम्पुर्ण प्रक्रिया पुरा हुँदा माघको तेस्रो साता सम्मका शेयर निष्कासन गर्न सक्ने विक्री प्रबन्धकले आर्थिक सन्देशलाई जानकारी दिएको छ ।

प्रतिक्रिया