लोकप्रिय गायिका टिका सानुलाई देखेपछि प्रेमको मन ढुक्क – भिडियो सहित

काठमाण्डौ – जापानमा रहेर पनि नेपाली लोकदोहोरीमा आफ्नो निकै सक्रियता देखाउने बहुमुखी प्रतिभाका धनि सर्जक तथा गायक प्रेम सापकोटा सोनुको नयाँ गीत हुक्का भर्खर मात्र सार्वजनिक भएको छ ।

फरक /फरक विधाका गीत सार्वजनिक गर्ने सोनुले यो पटक सबैलाई नचाउने खालको गीत लिएर आएका छन । सापकोटाको आफ्नै लय तथा शब्द सिर्जना रहेको सो गीतमा सापकोटालाई आवाजमा टिका सानुले साथ दिएकी छन ।

गीत सार्वजनिक भएपछि हामीसँग कुरा गर्दै गायक तथा सर्जक सापकोटाले आफुले अत्यन्तै उत्कृष्ट भन्दा पनि केहि फरक खालको गीत बनाउने प्रयास गरेको बताउनु भयो । आफ्ना विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको उहाँको भनाई छ ।

गीतको म्युजिक भिडियो सामान्य तर निकै रमाइलो बनाइएको छ । गीतलाई युवा निर्देशक स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने सुरेश श्रेष्ठले खिचेका छन । टिका सानु,शंकर पन्त,बाबु कृष्ण परियार लगायत आधा दर्जन भन्दा धेरै कलाकारहरुले गीतमा अभिनय गरेका छन ।

प्रतिक्रिया