• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट,१० लाख ७१ हजार आवेदकको हात खाली

चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

क्यापिटलका अनुसार १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। त्यसबाट बाँकी रहेको २ कित्ता शेयर भाग्यमानी दुई आवेदकमा बाँडफाँट गरिएको छ। अर्थात भाग्यमानी दुई जनाले ११ कित्ता शेयर प्राप्त गर्न भएका छन्।

विक्री प्रबन्धकले आर्थिक सन्देशलाई दिएको जानकारी अनुसार अहिले क्यापिटलको कार्यालयमा बाँफाँड गरिएको हो । आवेदक मध्य कुल आवेदनमा ४५ हजार आवेदन रद्द भएका छन् । रद्धुनेमा बैंकमा पैसा नहुने,दोहोरो आवेदन जस्ता कारण रहेका छन् ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणमा बिक्री गरेको हो । जसमा ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

अब केहि समयमा मेरो शेयरको एप र प्राउजर मार्फत आँफुलाई शेयर परे नपरेको हेर्न सकिने छ । शेयर बाँडफाँड भएको करिव २ घण्टा पछि शेयरको नतिजा हेर्न सकिने छ ।

प्रतिक्रिया