काठमाण्डौ । सबैले निकै प्रतिक्षा गरेको चन्द्रागिरीको प्रथामिक शेयर बाँडफाँड सुरु भएको छ ।
विक्री प्रबन्धकले आर्थिक सन्देशलाई दिएको जानकारी अनुसार अहिले क्यापिटलको कार्यालयमा बाँफाँडको लागि सम्पुर्ण तयारी पुरा भएको छ । आवेदक मध्य कुल आवेदनमा ४५ हजार आवेदन रद्द भएका छन् । रद्धुनेमा बैंकमा पैसा नहुने,दोहोरो आवेदन जस्ता कारण रहेका छन् ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणमा बिक्री गरेको हो । जसमा ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।
बाँडफाँड सकिए पछि मेरो शेयरको एप र प्राउजर मार्फत आँफुलाई शेयर परे नपरेको हेर्न सकिने छ । शेयर बाँडफाँड भएको करिव २ घण्टा पछि शेयरको नतिजा हेर्न सकिने छ ।