इजरायल जान चाहाने नेपालीका लागि खुसिको खबर,सरकारले खोलि दियो बाटो

काठमाण्डौ । नेपाल र इजरायल विच रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच इम्प्लिमेन्टेसन प्रोटोकल हस्ताक्षर भएको छ ।

योसँगै अब नेपाली रोजगारिको लागि त्यस देशमा जान बाटो खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर प्रोटोकलमा हस्ताक्षर गरे ।

दुई देशबीचको सरकार–सरकार संयन्त्रबाट नेपाली इजरायल जान पाउने भएका छन । वैदेशिक रोजगारीका लागि इजरायललाई आकर्षक गन्तव्यका रूपमा लिइन्छ । आम्दानी, सामाजिक सुरक्षा तथा रोजगारीजन्य श्रमिक स्वास्थ्य सुरक्षाका दृष्टिले इजरायल विश्वकै उत्कृष्ट मुलुकमा पर्दछ । अब प्रक्रिया पुरा गरेर त्यस देशमा रोजगारिको लागि जान बाटो खुलेको छ ।

प्रतिक्रिया