• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

साताको अन्तिम दिन नेप्सेमा लगानीकर्ताको रौनक,२ दर्जन कम्पनीको शेयर मूल्यमा सर्किट,कारोबार रकम सात अर्व माथि

काठमाण्डौ – साताको अन्तिम दिन बिहिबार नेप्से उच्च अंकको बृद्धिसँगै बजार बन्द भएको छ ।

नेप्सेमा आएको उछालसँगै कारोबार रकम समेत यो साताकै उच्च भएको छ । आज नेप्से करिव ३२ अंकले बृद्धिहुँदै २३ सय ७५ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

आज बजारमा लद्युवित्तका सबै शेयर मूल्यमा उछाल आएको छ भने धेरै कम्पनीहरु सकारात्मक सर्किट लाग्नेमा समेत लद्युवितनै रहेका छन । आज बजारमा २ सय ९ कम्पनीको शेयर ६७ हजार भन्दा धेरै पठक खरिद विक्री भएको छ ।

करिव दुई दर्जन कम्पनीका शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने नेपाल लाईफ इन्स्योरेन्सको सबैभन्दा धेरे कारोबार भएको छ । बैक क्षेत्र र म्युचुअल फण्ड बाहेक आज नेप्सेका सबै उपसूचकहरु बढेका छन । आज 140 कम्पनीको शेयर मूल्य बढेको छ भने ३5 कम्पनीका शेयर मूल्य घटेका छन साथै 5 कम्पनीका शेयर मूल्य यथावत रहेका छन ।

प्रतिक्रिया