• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नेपाल इन्भेष्टमेण्ट बैंकको १८.५ प्रतिशत लाभांश पारित

काठमाण्डौ – नेपाल इन्भेष्टमेण्ट बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्तावित लाभांश लगायतका प्रस्ताव पारित गरेको छ ।

माघ ८ गते बसेको बार्षिक साधारण सभाले १८.५ प्रतिशत बोनस पारित गरेको हो । साधारण सभामा यसका अलावा अन्य नीति तथा कार्यक्रममाथि पनि छलफल भएको थियो ।

यसका साथै, बैंकको प्रबन्धपत्र संशोधन गरी अधिकृत पूँजी वृद्धि गरी १८ अर्ब पुर्याउने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंककले पुस २२ गते देखि सभाको मिति सम्म शेयर दाखिला खारेज बन्द गरेको थियो । तसर्थ पुस २१ गते मंगलबार सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।

गत आर्थिक वषर्मा बैंकले ३।५१ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । आर्थिक वर्ष २०७६र७७ मा बैंकको खुद नाफा २।४२ अर्ब रुपैयाँ थियो। बैंकको कुल चुक्ता पूँजी १४।२४ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६र७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल १५२ अर्बबाट वृद्धि भइ १६६ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको १२७ अर्बबाट वृद्धि भइ १४१ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

प्रतिक्रिया