• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • मोडेल ,
  • समाचार

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भर्नेको संख्या आज बढ्यो, ४० कित्ता सम्म आवेदन दिनेले मागे जति शेयर पाउने

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भर्नेको संख्या बुधबार थपिएको छ ।

बैकबाट भरिएका निवेदन समेत संकल गर्दा संख्या १५ लाख ५० हजार ३२५ पुगेको सीडीएससीले जनाएको छ । आवेदनको संख्या बढेसँगै शेयर पाउने संख्या पनि घटेको छ । यसरी हेर्दा कम्पनीको शेयरको लागि ४० कित्ता सम्म आवेदन दिनेले पुरै शेयर पाउने छन भने त्यो भन्दा धेरै आवेदन दिनेले ५० र ६० कित्ताको दरले शेयर पाउने छ । ७० कित्ता शेयर पाउने सम्भावना भने सकिएको छ ।

आईपीओ निष्काशन पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । चालु वर्षको पहिलो त्रैमास अनुसार बैंक १८ करोड रुपैयाँ नाफामा आर्जन गरेको छ । बैंकले २० अर्बको ’निफ्रा डेब्ड फण्ड’ स्थापना गर्ने र विदेशी वित्तीय बजारबाट ग्रीन बण्ड जारी गर्ने तयारी गरिरहेको छ । यो बन्ड ५ अर्बको हुनेछ । बैंकले आफ्नो अगुवाइमा लगानी गर्न जलविद्युत, सिमेन्ट क्लिंकराइजेसन एवं सौर्य ऊर्जासमेत गरी ५ वटा परियोजनाहरुमा ६ अर्ब कर्जा स्वीकृत गरिसकेको छ ।

कम्पनीको कुल सेयरमा १० प्रतिशत हिस्सा नेपाल सरकारको छ । बाँकी अन्य बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको इक्विटी लगानी गरेका छन् । बैंकको सञ्चालक समिति अध्यक्षमा अनुज अग्रवाल छन् भने सञ्चालकहरूमा चन्द्रप्रसाद ढकाल, श्रीकृष्ण नेपाल र लालमणि जोशीलगायत रहेका छन् । साधारण सेयर जारी गरेपछि सञ्चालक समितिमा तीन जना सर्वसाधारणबाट सञ्चालक बन्ने छन् ।
बैंकले आर्थिक वर्ष २०७९र८० सम्ममा सञ्चित नाफा १ अर्ब ५९ करोड ९६ लाख ३० हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७४र७५ मा सञ्चित नाफा ९ करोड ४५ लाख ६३ हजार रुपैयाँ, आर्थिक वर्ष २०७५र७६ मा ६२ करोड ३२ लाख १९ हजार रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७६र७७ को अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चित नाफा १ अर्ब २३ करोड ३४ लाख ७१ हजार रुपैयाँ रहेको कम्पनीले सार्वजनिक गरेको विवरण पत्रमा उल्लेख छ । चालू आर्थिक वर्ष २०७७र७८ मा बैंकले १ अर्ब ७४ करोड ४३ लाख रुपैयाँ, आर्थिक वर्ष २०७८र७९ मा १ अर्ब ३७ करोड ९ लाख रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०७९र८० सम्ममा प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ८० पैसा र प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८२ पैसा पुग्ने कम्पनीले प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विरण अनुसार बैंकको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ५७ पैसा र प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा रहेको छ ।

चालु आर्थिक वर्षमा बैंक प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ६९ पैसा र प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५८ पैसा हुने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया