भारतले नेपाललाई १० लाख डोज कोरोना खोप दिने,कहिले आइपुग्ला नेपाल ?

काठमाण्डौ । भारतले नेपालका लागि १० लाख डोज कोरोना विरुद्धको खोप उपलव्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आज एक कार्यक्रममका विच पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएका हुन ।

भारतले नेपाललाई दिने खोप बिहिबारनै नेपाल आइपुग्ने मन्त्रीको भनाइ छ । बुधबार भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया९एसआईआई० ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

पहिलो खेपमा आउने खोप नेपालमा जोखि क्षेत्रमा काम गर्ने, अग्रपंतिमा काम गर्नेहरुको लागि लगाइने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया