सुतिरहेका मजदुरमाथि ट्रक चड्दा १३ जनाको ज्यान गयो,५ जना गम्भीर घाईते

काठमाण्डौ । विश्वमा सवारी दुर्घटनाबाट हजारौको ज्यान गइरहेको छ । विकसित भनिएका देशहरुमा समेत दिनानुदिन सडक दुर्घटनाले धेरैको ज्यान लिइरहेको छ ।

यसै विच भारतको गुजरातमा सोमबार राति भयानक दुर्घटना भएको छ । फुटपाथमा सुतिरहेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा पनि १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घटना गुजरात प्रदेशको सुरतमा सोमबार करिब मध्यराततिर भएको हो । त्यहास्थित कोसाम्बा क्षेत्रको फुटपाथमा सुतिरहेका मजदूरलाइ ट्रकले किचेको थियो । १८ जनालाई कुल्चिएकोमा तीमध्ये १३ व्यक्तिको मृत्यु पुष्टि भएको छ । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएर ट्रक फुटपाथतिर जोतिएको र सो दुर्घटना हुन पुगेको बताइएको छ।

दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू राति फुटपाथमै सुतेका थिए । सो घटनामा ५ जना गम्भीर घाइते भएको र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । एक ६ वर्षीय बालिका भने संयोगले बँचेको बताइएको छ । यद्यपि उनका आमा(बुबाले भने सोही फुटपाथमा ज्यान गुमाइसकेका छन् ।

घटनास्थलमा तत्कालै प्रहरी पुगेर लाश बरामद गरी पोस्टमार्टमका लागि पठाइएको थियो भने घाइतेहरूलाइ अस्पताल लगिएको थियो ।

प्रतिक्रिया