काठमाण्डौ-आईपीओ निष्कासनको तयारीमा रहेको सिटिजन लाइफको बार्षिक साधारण सभा फागुन २ गते हुने भएको छ ।
सोहि साधारण सभाले आईपीओ निष्कासन गर्ने या नगर्ने निधो गर्ने छ । कम्पनीको पौष २९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा फागुन २ गते , आइतबार,आम्रपाली ब्याङ्कवेट, नक्साल, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
कम्पनीको आर्थिक वर्ष २०७५र७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६र७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रूपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर निष्कासन गर्दैछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रूपैयाँ रहेको छ । साधारण शेयर ९आइपिओ० निष्कासन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रूपैयाँ पुग्नेछ ।