हिटरले कलंकीमा एक वृद्धको ज्यान लियो

काठमाडौं – चिसोमा न्यानोका लागि हिटर ताप्नु केहिका लागि दुर्घटनाको कारण पनि हुन सक्छ । यस्तै भएको छ कलंकीमा ।

मंगलबार बिहान ४ बजे काठमाडौं महानगरपालिकामा कलंकीमा हिटर सट भएर आगालागि हुँदा वृद्धको जलेर ज्यान गएको छ । ज्यान जानेमा ८४ बर्षीय शिवराम खड्का रहेको प्रहरीले जनाएको छ ।

कोठाको झ्याल ढोका लगाएको अवस्थामा हिटर बालेर सुत्नुभएकोमा हिटर सटभइ आगालागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया