• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • व्यापार/व्यवसाय ,
  • बजार

सुनचाँदीको मुल्य बढ्यो, यस्तो छ आजको कारोबार

बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९० हजार ४०० रुपैयाँ, तेजावी सुनको मूल्य ८९ हजार ९५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १७० रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ, तेजावी सुन ८९ हजार ४५० रुपैयाँ बर चाँदी तोलाको १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया