• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

निरन्तर उकालो यात्रामा नेप्से,सोमबार ६ अर्व माथीको कारोबार

काठमाण्डौ । नेप्सेको किर्तिमानी यात्रा निरन्तर जारिरहेको छ । यसै विच कारोबारको दोस्रो दिन सोमबार नेप्से करिव १८ अंकले बृद्धिहुँदै २३ सय ३२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

यस्तै यो साता कारोबार रकम पनि बढेर ६ अर्व माथी पुगेको छ । आज कारोबार भएका २ सय ७ कम्पनीहरुमा अधिकांस कम्पनीका शेयर सदस्यहरुले नाफा कमाउन सफल भएका छन भने ५३ कम्पनीको शेयर मूल्य बृद्धि भएको छ ।

नेप्सेका उपसूचकहरु सबैमा रौनक छाउँदा जलविद्युतमा भने रातो पोतिएको छ । आज प्रभु बैंकको सबै भन्दा धेरै कारोबार हुँदा १८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

प्रतिक्रिया