ड्रिम हब एजुकेशनल कन्सल्टेन्सीको सुरुवात

काठमाडौं–विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनका लागि ड्रिम हब एजुकेशनल कन्सल्टेन्सीको सुरुवात भएको छ । कन्सलटेन्सीको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गरे । विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीलाई उपयुक्त परामर्श दिएर दक्ष जनशक्ति उत्पादन गर्न कन्सल्टेन्सीले सघाउने विश्वास व्यक्त गरे । ‘विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको ठूलो समूह छ,’ ढकालले भने, ‘कन्सलटेन्सीमा दक्ष जनशक्ति भएकाले विद्यार्थीलाई सही परामर्श दिनेमा विस्वस्त छु ।’

कन्सल्टेन्सीले अस्ट्रेलिया, क्यानाडा, युके, न्युजिल्याण्ड, युरोप लगायतका देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई भाषा अध्यापनका साथै भिसा प्रक्रियामा सहजकीकरण गर्ने ड्रिम हब एजुकेशनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अधिश ढकालले बताए ।

विद्यार्थी र अभिभावकलाई सही परामर्श दिने ड्रिम हब एजुकेशनल कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत दुन्ज कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय