• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

लगानीकर्ताको उत्साहले नेप्से अहिले सम्मकै उच्च विन्दुमा,कारोबार ६ अर्व नजिक

काठमाण्डौ । कारोबारको पहिलो दिन नेप्से २६ अंक भन्दा धेरैले बढेर अहिल सम्मकै उच्च विन्दु २३ सय १३ अंक छुन सफल भएको छ ।

नेप्सेमा आएको उत्साहसँगै कारोबार रकम ५ अर्व माथी पुगको छ । नेप्सको उपसूचकहरु अधिकांसमा बृद्धिहुँदा जलविद्युत क्षेत्रको उपसुचक भने घटेको छ ।

कारोबार भएका २ सय ८ कम्पनीहरुमा १ सय १८ कम्पनीको शेयर मूल्य बृद्धिभएको छ भने ५२ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । आज नेपाल टेलिकमको सबै भन्दा धेरै कारोबार भएको छ ।

१६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । गत हप्तको तुलनामा आज प्रभु इन्स्योरेन्सको पनि कारोबार केहि बढेको छ । सकारात्क सर्किट लागेर सो कम्पनीको १ सय ६० कित्ता कारोबार भएको छ ।

प्रतिक्रिया