• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रभु इन्स्योरेन्सको शेयर माग विस्तारै घट्दै,आज पनि शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाण्डौ – कारोबार सुरुभएको दोस्रो हप्तामा समेत अपेक्षित कारोबार हुन नसकेको प्रभु इन्स्योरेन्सको शेयर माग भने विस्तारै घट्दै गइरहेको छ ।

गत साता २० लाख भन्दा धेरैको माग भएको सो कम्पनीको शेयरमा आज भने त्यो माग घटेर १० लाख हाराहारीमा आएको छ । आज सो कम्पनीको शेयर मूल्य करिव १० प्रतिशतले बृद्धि हुँदै २९८ रुपैयामा कारोबार भइरहेको छ ।

सो इन्स्योरेन्सको दिँउसो १ बजे सम्ममा जम्मा १० कित्ताको मात्र कारोबार भएको छ । अत्यन्तै न्युन मूल्यमा कारोबार खुलेका कारण सो कम्पनीको शेयर मूल्यमा अपेक्षित बृद्धि हुन भने सकेको छैन । ५ सय माथि मूल्य पुगे पछि कम्पनीको शेयरमा सामान्य कारोबार हुने जानकारहरु बताउछन ।

प्रतिक्रिया